डा. प्रकाश शरण महत
नेपाली कांग्रेस, नुवाकोट प्रतिनिधि सभा क्षेत्र नं. १
आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा नुवाकोट प्रतिनिधि सभा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको तर्फबाट म डा. प्रकाश शरण महत उम्मेदवार बनेको छु।
नुवाकोटको दिगो विकास, सुशासन र जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा तपाईंका विचार, सुझाव र अपेक्षालाई म अत्यन्त महत्वका साथ लिन्छु। यही उद्देश्यले तपाईंका अमूल्य सुझाव तथा धारणा संकलन गर्न यो फर्म तयार गरिएको हो।
तपाईंले दिनुहुने प्रत्येक सुझावले मेरो निर्वाचन अभियानलाई अझ जनमुखी, समावेशी र परिणाममुखी बनाउन प्रत्यक्ष योगदान पुर्याउने विश्वास लिएको छु। यस फर्ममार्फत व्यक्त गरिने सबै जानकारी पूर्ण रूपमा गोप्य रहनेछन्।
नुवाकोटको समृद्ध भविष्य र जनताका साझा हितका लागि तपाईंको सक्रिय सहभागिताको अपेक्षासहित।